‘बाँध मायाले’ शिर्ष गीतमा आर्यन र सृष्टिको रोमान्स (फोटो फिचर)

‘बाँध मायाले’ शिर्ष गीतमा आर्यन र सृष्टिको रोमान्स (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज ५ गते रिलिज हुने सिनेमा ‘बाँध मायाले’को शिर्ष गीतको छायाँकन सकिएको छ । सिनेमाको शिर्ष गीत कुलेखानी र काठमाडौंका विभिन्न ठाँउमा पाँच दिन लगाएर छायाँकन गरिएको निर्देशक सविर श्रेष्ठले बताए । उक्त गीतको सार्वजनिक तस्बीरमा सिनेमाका मुख्य कलाकार आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन् ।सार्वजनिक तस्बीरमा आर्यन र सृष्टिको जोडी निकै सुहाएको छ । तस्बीरले दर्शक प्रति एक प्रकारको चासो बढेको छ । जसले गर्दा गीतको भियो कस्तो बनेको होला भन्ने कौतुहलता दर्शमा तस्बीरले पैदा गरेको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।अर्को साता तिर रिलिज गरिने गीतमा आफ्नो टिमले निकै मिहेनत गरेकाले आफ्नो काम र गीतलाई मन पराउनेमा ढुक्क रहेको बताए । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको सिनेमामा बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।