‘बाँध मायाले’को टिकट किन्दा १५ प्रतिशत पैसा फिर्ता पाइने !

‘बाँध मायाले’को टिकट किन्दा १५ प्रतिशत पैसा फिर्ता पाइने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘बाँध मायाले’ आगामी शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । सिनेमा रिलिज हुने मिति नजिकिएसँगै ‘बाँध मायाले’को रिलिजलाई अझै रोचक बनाउन सिनेमा युनिटले एउटा नयाँअ फर सार्वजनिक गरेको छ ।

उक्त अफर सिनेमा हेर्ने दर्शकले ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत सिनेमाको टिकट काड्ने सम्पुर्ण दर्शकले १५ प्रतिशत पैसा फिर्ता पाउनेछन् । यो अफर गोंगबुमा रहेको बिएसआर मुभिज, कमलादीमा रहेको क्युज सिनेमाज, चाबहिलमा अवस्थित एफ क्युब सिनेमाज र पोखरा न्युरोडमा रहेको मिडटाउन ग्यालरीमा उक्त सेवा उपलब्ध लागु हुनेछ ।

सिनेमाको टिकट बुक गर्नका लागि खल्ती एप वा वेबसाइटमा गएर प्रयोगकर्ताले आफ्नो खल्ती आइडी खोली लगइन गर्नुपर्ने हुन्छ । ‘खल्ती’मा लगइन गरिसकेपछि होम स्क्रीनमा गएर आफूलाई पायक पर्ने हल, उपयुक्त समय, र सिट रोजेर सिनेमाको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ । पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउनेछ ।

यो अफर हलमा सिनेमा चलुन्जेलका सम्पुर्ण शोहरुमा पैसा फिर्ता अफर लागु हुने निर्देशक सविर श्रेष्ठले बताए । यस अफरका बारेमा जानकारी गराउँदै ‘खल्ती’का निर्देशक ध्रुब अधिकारीले भने, ‘बाँध मायाले’ निर्माण टिमसँग मिलेर सिनेमा हेर्ने दर्शकमाझ यो अफर ल्याउन पाउँदा आफुलाई एकदकै खुशी लागेको बताए ।”रामहरि धिताल र विभिसिका श्रेष्ठले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता केदार धिताल हुन् । भने सिनेमाको सह निमाता महेन्द्र अधिकारी रहेका छन् । बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमामा आर्यन र सृष्टिका अलवा राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।