‘बेबी आइ लभ यु’को स्याड भर्सन गीत रिलिज

‘बेबी आइ लभ यु’को स्याड भर्सन गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ १८ गते प्रदर्शनमा आउने सिनेमा ‘बेबी आइ लभ यु’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सायद तेरो मेरो’ बोलको स्याड भर्सन गीतमा सिनेमाकी प्रमुख पात्र पूजा तिवारीले आफ्नो प्रेमभाव र प्रेमपिडा पोखेकी छन् ।

सन्तोष खड्गीको संगीत रहेको गीतमा प्रियंका शर्माको स्वर छ । सन्तोष खड्कीकै कथामा जनक पाण्डेको पटकथा/संवाद र निर्देशन रहेको सिनेमामा सन्तोष र पूजाकै मुख्य भूमिका छ ।

सृजना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको सिनेमामा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ । सिनेमालाई सुरज आचार्यले खिचेका हुन् । सिनेमा लभस्टोरी जानराको हो ।