जेठमा ‘बेबी आइ लव यु’

जेठमा ‘बेबी आइ लव यु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘बेबी आइ लव यु’ले प्रदर्शन मिति तय गरेको छ । सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको सिनेमा जेठ १८ बाट दर्शक माझ पुग्ने भएको छ ।

शिव न्यौपानेको प्रस्तुति रहेको लभस्टोरी सिनेमालाई जनक पाण्डेले निर्देशन गरेका हुन् । सिनेमामा सरोज खनाल र निर्मल शर्माको पनि अभिनय रहेको छ । नवकलाकार खड्गीकै ‘बेबी आइ लव यु’मा कथा र संगीत रहेको छ ।

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको सिनेमालाई मुस्ताङ, पोखरा र काठमाडौँमा छायाँकन गरिएको हो । सिनेमाले युवा दर्शक लक्षित रहेको निर्माता न्यौपानेले बताए । कार्टुन क्रुज फिचरिङ भएको एक गीत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।