”बेबि आई लव यू”को प्रोमो सार्वजनिक

”बेबि आई लव यू”को प्रोमो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म्  बेबि आई लव यू को प्रोमो सार्वजनिकगरिएको छ । बिहिबार प्रेसमिटगर्दै  लभ स्टोरी फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमोमा नव नायकसन्तोष खड्गी र नायिका पूजा तिवारी बिचको लभ, रोमान्स र विछोडलाई देखाइएको छ ।
प्रेसमिटमा प्रस्तुतकर्ता शिव न्यौपानेले फिल्मले युवा पुस्तालाई आकर्षण गर्ने बताए ।जनक पाण्डे निर्देशित फिल्ममा  सरोज खनाल,र  निर्मल शर्माको पनि अभिनय रहेको छ ।

फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् । बिहिबारको प्रेसमिटमा कान्छी  मायालु गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो ।