सलोन स्टारर ‘बाबु कान्छा’ ट्रेलर रिलिज

सलोन स्टारर ‘बाबु कान्छा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलोन बस्नेत स्टारर सिनेमा ‘बाबु कान्छा’को ट्रेलर रिलिज भएको छ । सिनेमाको लेखन, निर्माण र निर्देशन सोभित बस्नेतले गरेका हुन् ।

ट्रेलरमा सलोनको १७ वर्ष अगाडीको सिनेमा ‘नेपाली बाबु’लाई जोडिएको छ । जुन सिनेमामा सलोन बालकलाकारको रुपमा थिए । ‘नेपाली बाबु’बाट सलोनले लोकप्रियता कमाएका थिए । अहिले पनि सलोन नेपाली सिनेमाका चल्तापुर्जा अभिनेता हुन् ।

‘बाबु कान्छा’को ट्रेलर पुरापुर मसालेदार बनाइएको छ । जहाँ कमेडी, प्रेम, रोमान्स, सस्पेन्स अटाइएका छन् । असार २९ मा रिलिज हुने सिनेमामा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

सिनेमाका कार्यकारी निर्माता रवि अधिकारी हुन् । सन्तोष राज भण्डारी र सुरज घिमिरे सहनिर्माता रहेको ‘बाबु कान्छा’मा बाबु श्रेष्ठ/कृष्ण श्रेष्ठको छायाँकन , रामजी लामिछाने/दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ ।