‘बाबु कान्छा’को शिर्ष गीत रिलिज

‘बाबु कान्छा’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असार २९ प्रदर्शन मितिको सिनेमा ‘बाबु कान्छा’को शिर्ष गीत सार्वजनिक भएको छ । वरिष्ट संगीतकार शम्भुजित बाँस्कोटाको स्वर रहेको गीतमा टंक बुढाथोकीको शब्द/संगीत छ ।

गीतका दृश्य सिनेमाको कथासँग सम्वन्धित लाग्छन । शिर्ष गीत मार्फत शिर्ष भूमिकामा रहेका सलोन बस्नेतको परिचय प्रस्ट्याईएको छ ।

शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको सिनेमामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय छ ।

सिनेमाका कार्यकारी निर्माता रवि अधिकारी हुन् । सन्तोष राज भण्डारी र सुरज घिमिरे सहनिर्माता रहेको ‘बाबु कान्छा’मा बाबु श्रेष्ठ/कृष्ण श्रेष्ठको छायाँकन , रामजी लामिछाने/दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ