‘बाबु कान्छा’ रोमान्टिक गीत रिलिज

‘बाबु कान्छा’ रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलोन बस्नेत र करिष्मा श्रेष्ठ स्टार सिनेमा ‘बाबु कान्छा’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मेरो पहिलो प्रेम’ बोलको गीतमा रियल जोडी सलोन र करिष्मालाई फिचर्ड गरिएको छ ।

असार २९ गते रिलिज हुने सिनेमाको गीतमा टंक बुढाथोकी संगीत रहेको गीतमा शुसील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ । लमजुङको घले गाउँमा छायाँकन गरिएको सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

‘बाबु कान्छा’मा सलोन र करिष्माका अलवा निर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाहि, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, अश्लिन ज्ञावाली, ज्योत्सना महर्जन लगायतका कलाकारको अभिनय रहेको छ ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको सिनेमाका कार्यकारी निर्माता संचारकर्मी रवि अधिकारी हुन् । ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत सिनेमामा रहेको छ ।