तीन पोस्टरमा ‘बाबु कान्छा’

तीन पोस्टरमा ‘बाबु कान्छा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शोभित बस्नेत निर्देशित नयाँ सिनेमा ‘बाबु कान्छा’का तीन तस्विर र रिलिज डेट  सार्वजनिक गरिएको छ । अब सिनेमा असार २९ मा अलनेपाल रिलिज हुनेछ ।
सार्वजनिक तीन पोस्टर मध्ये एक पोस्टरमा सबै मुख्य कलाकार, दोस्रोमा सलोन बस्नेत/करिश्मा श्रेष्ठ र तेस्रोमा ऋतिक शाहीसँग सलोन/करिश्मा पनि अटाइएका छन् ।
 
‘बाबु कान्छा’मा सलोन बस्नेत  नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस  सिनेमाबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन् ।
२०७२ साल रिलिज भएको ‘जाउँ हिँड पोखरा’ पश्चात निर्देशक शोभितका कुनै सिनेमा रिलिज भएका थिएनन्  ।  कुनै समय सोभितका वर्षेनी लगातार सिनेमा रिलिज हुन्थ्ये ।
यसअघि ‘बाबु कान्छा’मा समावेश ‘चन्द्रमा झैँ राम्री’ बोलको रिमेक भर्सन पनि सार्वजनिक भैसकेको छ । कार्यकारी निर्माता रवि अधिकारीका अनुसार सिनेमाको ट्रेलर केहि दिनमा प्रेसमिट गरि सार्वजनिक गरिनेछ ।
 सन्तोष राज भण्डारी र सुरज घिमिरे सहनिर्माता रहेको ‘बाबु कान्छा’मा बाबु श्रेष्ठ/कृष्ण श्रेष्ठको छायाँकन , रामजी लामिछाने/दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ ।