सोभित बस्नेतको ‘बाबु कान्छा’मा नयाँ र पुराना कलाकारको समिश्रण

सोभित बस्नेतको ‘बाबु कान्छा’मा नयाँ र पुराना कलाकारको समिश्रण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने नयाँ सिनेमा ‘बाबु कान्छा’ घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सिनेमाको शुभमुर्हत गरियो ।

यसै साता देखि छायाँकन सुरु गर्ने सिनेमाको लागि अभिनेता सरोज खनाल र सलोन बस्नेतले मुर्हत सट दिदा अभिनेत्री पुजा शर्माले सट निर्देशन गरिन । साथै सलिनमान बानियाँले क्ल्याप ठोक्दा आमेश भण्डारीले क्यामरा अन गरे ।

‘बाबु कान्छा’ मा सलोन सहित ऋतिक शाही, करिश्मा श्रेष्ठ, निर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, गीत अधिकारी, सुशान्त श्रेष्ठ र मञ्जु पौडेलको अभिनय रहनेछ । रवि अधिकारी निर्माता रहेको सिनेमामा बाबु श्रेष्ठको छायाँकन, टंक बुढाथोकी र अल्मोडाको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।

वितरक गोपालकाजी कायस्थ सभापति बनेर उपस्थित भएको कार्यक्रममा काठमाण्डौं प्रहरी प्रमुख छविलाल जोशीले फिल्मलाई सफलताको शुभकामना दिए ।