‘रोमियो’ गीत सार्वजनिक{भिडियो}

‘रोमियो’ गीत सार्वजनिक{भिडियो}

द सिनेमा टाइम्स
0
Shares

नायिका नीशा अधिकारी नायक हसनराजा खानको ‘बाबरी’ बनेकी छिन् । चलचित्र ‘रोमियो’को पर्दामा हसन शिर्ष भूमिकामा छन् भने उनको ‘बाबरी’ निशा बनेकी छिन् ।प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको रोमान्टिक नम्बरमा सन्तोष लामा र मेलिना राइको स्वर, मुकेश राइको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ । एचआरके प्रोडक्न र एएसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा अष्ट महर्जनको एक्सन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी छ । चलचित्रको यो गीतमा मिठास छ । साथमा निर्माता हसनले भिडियो मेकिङमा पनि निकै मिहिनेत गरेको देख्न सकिन्छ । शंकर कार्कीले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्र वैशाख २९ गतेबाट रिलिज हुनेछ।