आर्यनको हातमा गुलावको फुल, ‘बाँध मायाले’ टिजर रिलिज

आर्यनको हातमा गुलावको फुल, ‘बाँध मायाले’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ  – असोज ५ गते रिलिज हुने सिनेमा ‘बाँध मायाले’को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र आर्यन अधिकारी र सृष्टि श्रेष्ठलाई फिचर गरिएको छ । टिजरमा प्रेम र दन्द्धलाई विषेश स्थान दिइएको छ ।

सविन श्रेष्ठको निर्माण तथा निर्देशन रहेको सिनेमालाई काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । ‘बाँध मायाले’बाट नेपाली सिनेमामा किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गदैछन् ।

अर्जुन पोखरेलको संगीत रहेको सिनेमामा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्धनिर्देशन रहेको छ ।

सिनेमामा आर्यन, सृष्टि र किशोरका अलवा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको अभिनय छ । सिनेमामा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धितालले लगानी गरेका छन् ।