एभेन्जर्सले तोड्यो विश्वका ठुला रेकर्ड, विकेन्ड कलेक्सनसहित

एभेन्जर्सले तोड्यो विश्वका ठुला रेकर्ड, विकेन्ड कलेक्सनसहित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अप्रिल २७ मा विश्वव्यापी रिलिज भएको ‘एभेन्जर्स: इन्फिनिटी वार’ले विश्व बजारमा रेकर्ड ब्रेकिङ व्यापारको सुरुवात गरेको छ ।

यसले घरेलु बक्सअफिसमा मात्र तीन दिन भित्र २५० मिलियन अमेरिकी डलर ग्रस गर्न सफल भएको छ । घरेलु बक्सअफिसमा यो रेकर्डतोड कमाइ हो । यसअघि ‘स्टार वार्स: द फोर्स अकेन्स’ले २४८ मिलियन डलर कमाइको रेकर्ड राखेको थियो । यसको ओभरसिज कलेक्सन ३६० मिलियन अमेरिकी डलर छ ।

पहिलो विकेन्डमा विश्वव्यापी ६३० मिलियन डलर कमाउँदा यो सिनेमाले अघिल्लो रेकर्डहोल्डर ‘द फेट अफ द फ्युरियस’लाई पनि पछाडी छोडेको छ । ‘द फेट अफ द फ्युरियस’ले पहिलो विकेन्डमा विश्वव्यापी ५४१.९ मिलियन डलर ग्रस कलेक्सन गरेको थियो ।

यी दुई ठुला रेकर्डका अलावा ‘एभेन्जर्स: इन्फिनिटी वार’ले ओभरसिज कलेक्सनमा भने ‘द फेट अफ द फ्युरियस’को रेकर्ड तोड्न सकेन । ‘द फेट अफ द फ्युरियस’को ओभरसिज विकेन्ड कलेक्सन ४४३.२ मिलियन डलर रहेको छ । तर, एभेन्जर्स विश्वको ठुलो सिनेमा बजार चिन बक्स अफिसमा रिलिज भएको छैन । चिनमा मे ११ मा रिलिज हुनेछ ।

भारतमा अहिलेसम्मकै उच्च विकेन्ड

बलियो वर्ड अफ माउथका साथ भारतमा पनि सिनेमाले अहिलेसम्मै रेकर्डतोड कमाइ गरेको छ । सिनेमाले पहिलो दिन ३१.३० करोड, दोस्रो दिन ३०.५० करोड र तेस्रो दिन ३४-३६ करोड (अनुमानित) कमाई गरेको छ । तीनको दिनको कमाई जोड्दा यसको भारत कलेक्सन ९५.८ करोड देखि ९७.८ करोडसम्म पुग्न आउँछ ।

यो कलेक्सन हलिउड सिनेमाले भारतमा गरेको अहिलेसम्मै कै उच्च हो ।

यी देशहरुमा पनि अहिलेसम्मकै उच्च विकेन्ड

अमेरिका र भारतको कमाई पछी पहिलो विकेन्डमा ‘एभेन्जर्स: इन्फिनिटी वार’ले यी देशहरुमा पनि अहिलेसम्मकै उच्च कलेक्सन गर्न सफल भएको छ ।

साउथ कोरिया ३९.२ मिलियन, मेक्सिको २५.१ मिलियन, ब्राजिल १८.८ मिलियन, फिलिपिन्स १२.५ मिलियन, थाइल्याण्ड १० मिलियन, इन्डोनेसिया ९.६ मिलियन र मलेसिया ८.४ मिलियन डलर ग्रस कलेक्सन गरेको छ ।

नेपालमा पनि उच्च

नेपालमा पनि रिलिज भएको ‘एभेन्जर्स: इन्फिनिटी वार’ले उत्साहजनक व्यापार गरिरहेको छ । बक्स अफिसको अंक गणितीय रिपोर्ट सार्वजनिक नभए पनि सिनेमाले प्रदर्शनको दिन देखि आजसम्म हाउसफुलको व्यापार गरिरहेको छ ।

मल्टीप्लेक्सका पर्दामा ७५ प्रतिशत बढी शोज कब्जा गरेको सिनेमाका अधिकाँस शोज हाउसफुल गैरहेका छन् ।