एभेन्जर्स-इन्फिनिटी वार: २ बिलियन क्लबको चौथों सदस्य

एभेन्जर्स-इन्फिनिटी वार: २ बिलियन क्लबको चौथों सदस्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विश्वव्यापी रेकर्ड तोड कमाई गरेको सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’ बक्सअफिसको २ बिलियन क्लबमा इन्ट्री गरेको छ । २ बिलियन क्लबमा इन्ट्री गर्ने यो विश्वकै चौथों सिनेमा हो ।

सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ले पहिलो पहिलो पटक यस क्लबमा इन्ट्री गरेको थियो । त्यसयता ‘अवतार’ र ‘स्टार वार्स: द फोर्स अकेन्स’ले यो सफलता हाँसिल गरेका थिए । विश्वकै सर्वाधिक कमाउने सिनेमाको पहिलो नम्बरमा भने सन् २००९ को ‘अवतार’नै यथावत छ । उसको विश्वव्यापी कलेक्सन २.७८८ बिलियन अमेरिकी डलर छ ।

प्रदर्शनको ४६ दिनसम्म ‘एभेन्जर्स: इन्फिनिटी वार’ले २.००२ बिलियन डलरको कारोबार गरिसकेको छ । अब यो ‘स्टार वार्स: द फोर्स अकेन्स’को रेकर्ड नजिक पुगेको छ । उसको लाइफटाइम कलेक्सन २.०६८ बिलियन डलर छ । यो विश्वकै सर्वाधिक कमाइ गर्ने तेस्रो सिनेमासमेत हो । दोस्रो नम्बरमा रहेको ‘टाइटानिकको कलेक्सन २.१८७ बिलियन छ ।

सन् २०१५ को ‘स्टार वार्स: द फोर्स अकेन्स’ पश्चात कुनै पनि सिनेमाले २ बिलियन क्लबमा इन्ट्री मार्न सकेका थिएनन् । ‘एभेन्जर्स: इन्फिनिटी वार’ले घरेलु बक्स अफिसको विकेन्ड कलेक्सन र विश्वव्यापी विकेन्डमा अघिल्ला रेकर्ड तोडेको थियो ।