‘अवतार’का थप चार भाग

‘अवतार’का थप चार भाग

द सिनेमा टाइम्स
0
Shares

लसएञ्जल्स – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए।

यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा निर्माण पक्षले तेस्रो भागको निर्माणको योजना पनि बनाइसकेको छ।

‘यदि फिल्मको दोस्रो र तेस्रो भागले सफलता पाएमा यसको चौथो र पाँचौं भाग ल्याउने योजना पनि बनाइसकेको छु,’क्यामरुनले भनेका छन्,‘म यो काम गर्न प्रतिबद्ध छु । त्यसकारण पनि यो फिल्मको फ्रेञ्चाइजीको सुटिङ भइरहेको स्थानमा तेस्रो भागको पोस्टर पनि लगाइएको छ । तर पोस्टरको फोटो खिच्ने अनुमति कसैलाई दिइएको छैन ।’ उनका अनुसार चौथो र पाँचौं भागको लागि निर्माण पक्षले सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

क्यामरुनले चौथो र पाँचौं भाग सार्वजनिक हुनमा फिल्मको दोस्रो र तेस्रो भागको सफलतामा निर्भर हुने बताए । फिल्मको वितरण अधिकार डिज्नीलाई दिने तयारी भइरहेको छ । त्यसका लागि निर्माण कम्पनीले डिज्नीको आधिकारिक नियमको पालना गर्नुपर्ने हुन्छ।

क्यामरुनले यो फिल्मलाई ‘जेनरेसनल फेमिली सागा’ नाम दिएका छन् । ‘फिल्म बनाउनका लागि म अलग–अलग दृष्टिकोणबाट विचार गर्दछु । तर कुनै पनि फिल्मका बारेमा तपाईं पूर्वानुमान लगाउन सक्नुहुन्न । जबसम्म फिल्म पूर्ण रुपमा बनेर प्रदर्शनका लागि तयार हुँदैन । तबसम्म अनुमान लगाउनु गलत हुन्छ । उनले भनेका छन्।

साभार: नागरिक न्युज