‘मेरी मामु’मा अश्लेशा र शारुकको इन्ट्री

‘मेरी मामु’मा अश्लेशा र शारुकको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन्तोष सेनले निर्माण गरेको ‘प्रेम गीत २’ रिलिज भएको करिब एक वर्ष पछि डेब्युगर्ल अश्लेशा ठकुरी पुन: एक्सनकटमा फर्किने भएकी छन् ।

बालमनोविज्ञानमा आधारित रहेर सेनले नै निर्माण गर्न लागेको सिनेमा ‘मेरी मामु’मा उनि अनुबन्धित भएकी हुन् । यो सिनेमामा सेनका ६ वर्षीय छोरा आयुब सेनको मुख्य भूमिका रहनेछ । आयुबको मामुको भूमिका मार्फत कुसुम गुरुङले डेब्यु गर्नेछिन् ।

डेब्यु सिनेमामा युवास्टार प्रदीप खड्कासँग जोडी बाँधेकी अश्लेशाले ‘मेरी मामु’मा शारुक ताम्राकारसँग स्क्रिन शेयर गर्नेछिन् । शारुकले गत वर्ष प्रदर्शन भएको ‘रानी’बाट डेब्यु गरेका थिए ।

याम थापाको कथा/निर्देशन रहने सिनेमामा वन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकार पनि फाइनल भएका छन् । असार पहिलो सातादेखि छायाँकन जाने सिनेमालाई भदौ १५ मा रिलिज गरिने बताइएको छ ।