लभस्टोरीमा आर्यन जति फिट अरु कोहि हुन् सक्दैन !

लभस्टोरीमा आर्यन जति फिट अरु कोहि हुन् सक्दैन !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली, काठमाडौँ – ‘लभस्टोरीमा आर्यन जति फिट अरु कोहि हुन् सक्दैन ।’, ‘आर्यनको भ्वाइस अमिताभ बच्चनको जस्तो छ, नेपाली भर्सनमा । डिप्ली एण्ड क्लासी भ्वाइस ।’, ‘रियल वास्तविकता कुरा गर्ने हो भने यो लबस्टोरी मुभिमा आर्यन लाई जस्तो नेपाली कुनै पनि हिरो लाई सुहाउदैन ।’ wow !! आर्यन सिग्देलको नयाँ love story फिल्म आयो । यो फिल्म हेर्न को को हतार हुनुहुन्छ ?✋✋✋✋✋ ।’ यी प्रतिक्रिया आर्यन अभिनित नयाँ सिनेमा ‘कायरा’ ट्रेलर हेरेपछि फ्यानबाट आएका हुन् ।

लामो समय पश्चात आर्यन आफ्नै छविमा दर्शक माझ आउँदै छन् । सोमबार सार्वजनिक ‘कायरा’ ट्रेलरले यो प्रमाणित गर्छ । उनि नेपालका एक मात्र लभस्टोरी सिनेमामा अत्याधिक रुचाइएका अभिनेता हुन् । आर्यनको आगमनसँगै नै नेपाली सिनेमामा ट्रेन्ड परिवर्तन भएको थियो । पारिवारिक र एक्सन सिनेमाले दर्शक रिझाइरहेका बेला आर्यनको लभस्टोरी बजारमा जवर्जस्ती बिक्न थाल्यो । लभस्टोरी सिनेमाको बाढीनै आउँन थाल्यो नेपालमा ।

आर्यन पछि जीवन लुइँटेल, सुमन सिंह जस्ता चकलेटी अनुहार दर्शकले रुचाउन थाले । त्यसताका सिनेमा संगीतले पनि कोल्टे फेर्यो । दर्जनौ कोरस हालेर, सेट लगाएर लोकगीतमा नाच्ने हिरोहरु प्रेमिकासँग प्रेमका कुरा गर्दै बनजंगलमा गुञ्जिन थाले । त्यहाँ गीत हिट बनाउनलकाई कोरस चाहिन्थेनन् । बस चकलेटी अनुहार, सुहाएको जोडी, प्रेमिल संगीत नै काफि थियो दर्शक रिझाउन ।

समयको बेगसँगै नेपाली सिनेमामा दुई वटा ट्रेन्ड आए । सामाजिक विषयबस्तुमा सिनेमा निर्माण हुने । जसमा अहिले दर्शक त्यति इन्गेज हुन् सकिरहेका छैनन् । त्यसपछि कमेडीले स्थान पायो । कमेडी अहिले चलयमान छ । अधिकाँस सिनेमा कमेडीमै छन् । यसैबीच आर्यन र साम्राज्ञीको लभस्टोरीलाई युट्युबमा राम्रै स्वागत भएको छ । कमेडीको ह्याङमा रहेका दर्शकले नयाँ स्वाद खोजेका हुन् कि भन्ने भान भएको छ ।

के आर्यनले आफ्नो छविलाई यसपटक बिकाउन सक्लान त ? यसको नजिता साउन १८ पछि नै आउनेछ । अहिलेलाई ‘कायरा’को बारेमा नै कुरा गरौं । आर्यन र साम्राज्ञीले ‘कायरा’मा पहिलो पटक जोडी बाँधेका हुन् । लभस्टोरीका बादशाह र करियरको उत्कर्षमा रहेकी साम्राज्ञी पनि लभस्टोरीमै जमेकी छन् । तीन सिनेमा प्रदर्शन भैसक्दा साम्राज्ञीले सिनेमा क्षेत्रमा नम्बर १ पोजिसनमा आफुलाई उभ्याईसकेकी छन् ।

सिनेमा घोषणाताका नै यी दुईको जोडी कत्तिको जम्ला भने प्रश्न थियो । अन्तत: नतिजा आइसकेको छ । ट्रेलर हेरेका अधिकाँसले आर्यन र साम्राज्ञीको केमेस्ट्री रुचाएका छन् । युट्युब प्रयोगकर्ता स्टाइलिस सुशील लेख्छन ‘ट्रेलर राम्रो लाग्यो, मुभी पनि राम्रो होला । आर्यन र साम्राज्ञीको जोडी दाम्मी, सुपप ।’, अर्का फ्यान सुस्मिता श्रेष्ठ लेख्छिन ‘मन पर्ने एक्टर विथ मन पर्ने एक्ट्रेस ।’ छुनु मुनु लेख्छिन ‘वाउ साम्राज्ञी एण्ड आर्यन लभ एच अदर ।’ राजेन्द्र थिङको कमेन्ट ‘ट्रेलर एकदमै मन पर्यो, फिल्म राम्रो होला, माई बेस्ट कपल ।’

युट्युबमा आएका अधिकाँस सकारात्मक कमेन्टले आर्यन र साम्राज्ञी जोडी रुचाइएको अर्थ्याउछ ।

अब कुरा गरौँ ट्रेलरको: ‘कायरा’को कथा आर्यन सिग्देलको हो । यसमा केदार भुसालको पटकथा/संवाद छ भने निर्देशन लक्ष्मण रिजालको । युट्युबमा सिनेमाको संवादहरु अत्याधिक रुचाइएका छन् । प्रत्येक प्रसंसकले संवादलाई कमेन्टमा पोस्ट गरेका छन् । ट्रेलर हेरेर अधिकाँस उत्साहित बनेको कमेन्टमा भेटिन्छन ।

रमेश गिरी लेख्छन ‘अम्याजिङ,  कहिले आउँछ हेर्न मन लाग्यो ।’ , ‘अहिलेसम्मको राम्रो ट्रेलर २०७५ को । यो अमीन लोहारको प्रतिक्रिया हो । गप्लुन्ग्स राई लेख्छन ‘सिनेमाको सानो टुक्रा त यति राम्रो छ, फिल्म कस्तो होला ?’

‘कायरा’को ट्रेलरलाई सिनेकर्मी र सिनेपत्रकारले पनि राम्रो भनेका छन् । सिनेमामा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिशा श्रेष्ठ, रोजेट्टे काय पब्लोको अभिनय छ । यो सामाग्री तयार गर्दासम्म ‘कायरा’को ट्रेलरलाई २ लाख ८० हजारले हेरिसकेका छन् । र दोस्रो दिनमै ट्रेन्डीङको २९ औँ  स्थानमा उक्लिएको छ ।

र्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । सिनेमाको निर्मातामा निर्देशक लक्ष्मण रिजाल पनि छन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन्।

सिनेमामा कोशिष क्षेत्री/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ ।