Exclusive: ‘कायरा’का तस्विर बाहिरीए, के छ आर्यनको भूमिका ?

Exclusive: ‘कायरा’का तस्विर बाहिरीए, के छ आर्यनको भूमिका ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चकलेटी हिरोमा सर्वाधिक रुचाईएका आर्यन सिग्देल र अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिलिपिन्समा ‘कायरा’को सुटिङमा व्यस्त छन् ।

लक्ष्मण रिजालले निर्देशन गरिरहेको सिनेमाको सेटबाट द सिनेमा टाइम्सलाई एक्सक्लुसिभ तस्विरहरु प्राप्त भएका छन् । तस्विरमा आर्यन र साम्राज्ञी रोमान्टिक मूडमा देखिएका छन् । आर्यनको घाटीमा गिटारको ट्याटु पनि देख्न सकिन्छ । उक्त ट्याटुबाट आर्यन सिनेमामा संगीतका पारखी या त गायकको भूमिका हुन् सक्ने अनुमान गर्न सकिन्छ ।

जे होस् आर्यन र साम्राज्ञी यो पेयरिङलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । ‘कायरा’बाट आर्यन पुन: लभर व्यायको रुपमा जम्ने सिनेपण्डितहरुले टिप्पणी गर्न थालिसकेका छन् ।

‘कायरा’लाई आर्यनले आफ्नै होमप्रोडक्सन आर्यन इन्टरटेनमेन्टबाट निर्माण गर्दैछन् ।