सस्तो चर्चा कहिलेसम्मलाई ?

सस्तो चर्चा कहिलेसम्मलाई ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्ष व्यवसायिक सफल भएका सिनेमालाई प्रचारप्रसारले पनि राम्रै फाईदा पुर्यायो । व्यापारिक सफलता हाँसिल गर्न प्रचारले सिनेमालाई सहयोग पुर्याउछ । त्यसको लागि सिनेमामा दर्शक तान्ने गुदी हुनुपर्दछ । होइन भने प्रचारको लागि करोडौ खर्च गर्दा पनि दर्शकले पत्याउदैनन । फलस्वरूप हावा प्रचारबाजी गर्नेहरुको सिनेमा क्षेत्रमा आयु कम हुन् जान्छ ।

हो अहिले, प्रचार गरेरै सिनेमा हिट हुन्छ भन्ने मान्यता राख्ने सिनेकर्मीको कमि छैन, नेपाली सिनेमा क्षेत्रमा । उनिहरु सिनेमा चर्चामा ल्याउन र आफु मिडियामा नेगेटिभनै किन नहोस् हाइलाइटमा आउन चाहन्छन । इन्टरभ्युमा सिनेमा मेकिङको बारेमा प्रश्न गर्दा एउटै जवाफ हुन्छ ‘हामीले मेहनत गरेका छौ । हाम्रो सिनेमाले फुल्ली २ घण्टा मनोरंजन दिन्छ ।’ तर, दर्शक हलमा १ घण्टा पनि टिक्न गाह्रो पर्छ ।

यो वर्ष त झन प्रचारको नाममा केहि सिनेकर्मी दर्शकको मजाक बने । प्रदीप खड्काको प्रेसमिटमा बडीगार्ड, ‘मिस्टर भर्जिन’को प्रेसमिटमै निर्माता उत्शृंखल बन्नु, ‘रोमियो एण्ड मुना’को प्रेसमिटमै विनय श्रेष्ठ ‘विकिनी गर्ल’का साथ उपस्थित भैदिनु, ‘हेप्पी न्यु ईयर’का कलाकारले भिड नै नभएको ठाउँमा बडीगार्ड लिएर पुग्नु !

यी शिर्षक सुन्दै अपच्य र हास्यास्पद लाग्छन । यी मात्र समाचारमा हाईलाइटस भैदियोस भनेर गरिएका हतकण्डा थिए । न त यी सान्दर्भिक नै लाग्थ्ये । केहि सिनेकर्मीले यो क्षेत्रको बेइजतनै गर्ने गरि सिनेमा प्रचारका तरिकाहरु अपनाएको सिनेपण्डितहरुको निष्कर्ष छ ।

सिनेमा क्षेत्रमा बेलाबखत चर्चाका लागि जे पनि मरिमेट्ने आगन्तुकको कमि चै हुदैन । यसअघि केहि सिनेकर्मीले यस्ता हतकण्डा नगरेका पनि होईनन् । अन्तत: त्यस्ता सिनेकर्मी समयको बेगसँगै हराएर गए । त्यसैले के सम्म गर्दा उचित हुन्छ भन्ने कुराको सिनेकर्मीलाई हेक्का हुन् जरुरि छ ।