‘सिघंम’ अभिनेता सूर्या तथा बाहुबलीका ‘कटप्पा’ विरूद्ध पक्राउ पुर्जी जारी

‘सिघंम’ अभिनेता सूर्या तथा बाहुबलीका ‘कटप्पा’ विरूद्ध पक्राउ पुर्जी जारी

द सिनेमा टाइम्स
0
Shares

आठ जना तमिल फिल्म अभिनेता विरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सूर्या, सत्यराज, विजय कुमार, अरूण विजय, विवेक, श्री प्तिया, सरथ कुमार तथास चिरनलाई उनीहरू विरूद्ध परेको मानहानीको मुद्धाको सुनिवाइमा अनुपस्थित भएँपछि पुर्जी जारी गरिएको हो ।

गनीहरू विरूद्ध पत्रकारको मानमर्दन गरेको मुद्धा अदालतमा जारी थियो । सन् २००९ मा वेश्यावृत्तिको आरोपमा पक्राउ परेकी हभिनेत्री भुवनेश्वरीले पक्राउपछि तमिल फिल्म उद्योगका केहि कलाकारको नाम लिएकी थिइन्। उनकै भनाइको आधारमा पत्रिकामा केहि नाम चलेका कलाकारको नाम आएपछि यी आठ अभिनेताले प्रतिक्रिया जनाएका थिए । उनीहरूको आपत्तिजनक प्रतिक्रियाबाट असन्तुष्ट पत्रकार रोजारियो मारिया सुसाइले निजी रूपमा मुद्धा दायर गरेकी थिइन् ।

अदालतले उनीहरूलाई अदालतमा उपस्थित हुने आदेश दिएको थियो जसलाई उनीहरूले दोस्रो पटक पनि अटेरी गरेपछि पक्राउपुर्जी जारी गरिएको हो । पक्राउपुर्जीका बारेमा उनीहरूले औपचारिकरूपमा कुने प्रतिक्रिया जनाएका छैनन् ।