छैटौं पटक पर्दामा सँगै सौगात र अर्पण, बन्ने भयो ‘जोजो’

छैटौं पटक पर्दामा सँगै सौगात र अर्पण, बन्ने भयो ‘जोजो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । निर्देशक मुकुन्द भट्टले नयाँ सिनेमा निर्देशनको घोषणा गरेका छन् । गत वर्ष ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टले बनाउँने एक्सन रिभेन्जका लागि अर्पण थापा, सौगात मल्ल, देबु श्रेष्ठ र नविन शाह अनुबन्धित भएको निर्देशकले जानकारी दिए ।

चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘जोजो’ तय भएको छ । सिनेमाको लागि नव-प्रस्तुतिमा सिर्जना सिन्हा र फजिल अहमद फाईनल भएका छन् । कार्तिक अन्तिम साताबाट छायाँकनमा उत्रिने सिनेमालाई युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने छ ।

मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने ‘जोजो’मा चिजकुमार श्रेष्ठ, देबु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ । पुरुषोत्तम प्रधानको छायाँकन, दीपक आरजेको संगीत रहने सिनेमाको लागि सिमसम तामाङद्वारा सौगात र अर्पणलाई दुई महिनाको तालिम दिइनेछ ।

सौगात र अर्पणको लागि यो छैटौं भेट हुनेछ । यसअघि यी दुईले ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’,  र ‘निभ्न लागेको दियो’मा सँगै काम गरिसकेका छन् ।