अनुष्का डरलाग्दी ‘परी’ ! (टिजर)

अनुष्का डरलाग्दी ‘परी’ ! (टिजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विवादित ‘पद्मावत’ जनवरी २६ मा रिलिज हुने कम्फर्म भएपछी, उक्त मितिमा रिलिज हुने भनिएको ‘ऐयारी’ फेब्रुअरी ९ मा सर्यो ।

‘ऐयारी’ले नयाँ मिति तय गर्दा अनुष्का शर्माको ‘परी’लाई अप्ठोरो परेको छ । यसअघि सोलो रहेको ‘परी’ले आफ्नो रिलिज टार्गेट सार्दै ‘ऐयारी’बाट पछाडी हटेको छ । अब सिनेमा होलीको अवसर पारेर मार्च २ मा रिलिज हुनेछ ।

नयाँ मिति सार्वजनिकसँगै निर्माण टिमले ‘परी’ पहिलो टिजर पनि आउट गरेको छ । जहाँ अनुष्का शर्माको डरलाग्दो अवतार देखाईएको छ । प्रोसित रोय निर्देशित सिनेमामा अनुष्काका अलावा परमब्रत चट्टर्जी, रजत कपूर र रिताभरि चक्रवर्तीको मुख्य भूमिका छ ।