अनुराग गीत रिलिज: सरोजसँग एलिजाको ठुमका

अनुराग गीत रिलिज: सरोजसँग एलिजाको ठुमका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चामा रहेको सिनेमा ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ऋषिराज धमला र उनकी पत्नी एलिजा गौतमको संलग्नताका कारण पनि ‘अनुराग’ घोषणादेखि नै चर्चामा थियो ।

‘कान्छा दाई गाना बजाईदेउ…’ बोलको डान्सिङ नम्बरमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । ताराप्रकाश लिम्बुद्वारा संगीतवद्द गीतमा ममता गुरुङको शब्द, ताराप्रकाश/ममताकै स्वर र विक्रम स्वारको कोरियोग्राफी छ ।

गीत सार्वजनिकसँगै ‘अनुराग’को रिलिज मिति पनि तय गरिएको छ । सत्यराज चौलागाई निर्देशित सिनेमा जेठ ११ गते सार्वजनिक प्रदर्शन हुनेछ ।

सिनेमामा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।

ऋषिराज धमला प्रस्तुतकर्ता रहेको ‘अनुराग’का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको सिनेमामा सत्यराज/आगत केसीको पटकथा/संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।