‘तिम्रो स्वरमा…’ प्रताप दासको नयाँ गीत

‘तिम्रो स्वरमा…’ प्रताप दासको नयाँ गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चित रियालिटी शो नेपाल आइडलमा भएका प्रतिस्पर्धी, प्रताप दासको स्वर सिनेमा ‘अनुराग’को गीत सार्वजनिक गरिएको छ ।

‘तिम्रो स्वरमा स्वर मिलाई…’ बोलको यो लिरिकल भिडियो हो । गीतमा सत्यराज चौलागाईको शब्द, सरोज पोखरेलको संगीत र उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

ऋषिराज धमला प्रस्तुतकर्ता रहको सिनेमालाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । सिनेमामा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल , शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ । एरिका फिल्मसको व्यानरमा निर्माण भएको ‘अनुराग’मा भरत गौतम र गीता भेटवाल निर्माताको रुपमा छन् । सिनेमामा रामकुमार केसीको छायाँकन, किरण दाहालको कथा, सत्यराज चौलागाई/आगत केसीको पटकथा/संवाद रहेको छ । सिनेमा जेठ ११ मा प्रदर्शन हुनेछ ।