एलिजा र समुन्द्रको रोमान्स, ‘अनुराग’ पोस्टर रिलीज

एलिजा र समुन्द्रको रोमान्स, ‘अनुराग’ पोस्टर रिलीज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्रावण २५ गते रिलिज हुने भनिएको सिनेमा ‘अनुराग’को रिलिज डेट पोष्टपोन्ड गरिएको छ । अब ‘अनुराग’ असोज १२ गते बाट अल नेपाल रिलीज हुनेछ । ‘अनुराग’को दुई गीत सार्वजनिक भैसकेका छन् । दुई गीत पछि यो सिनेमाको अफिसियल पोस्टर रिलीज गरिएको छ । सार्वजनिक पोस्टरमा समुन्द्र पण्डित र एलिजा गौतम फिचर्ड छन् ।

अनुरागमा एलिजा र समुन्द्रका अलवा ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाको पोस्टरमा एलिजा र समुन्द्रको रोमान्सलाई फोकस गरिएको देख्न सकिन्छ ।

ऋषिराज धमालाको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवालको लगानी सिनेमामा रहेको छ । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको सिनेमामा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ ।