सुरु भयो ‘अनुराग’को कलेज क्याम्पियन !

सुरु भयो ‘अनुराग’को कलेज क्याम्पियन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १२ गतेबाट रिलिज हुने सिनेमा ‘अनुराग’ निर्माण टिमले कलेज क्यापियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा निर्माण टिम र कलाकारहरु पुगेर सिनेमाको प्रचार प्रसार सुरु गरिएको प्रस्तुतकर्ता ऋषिराज धमालाले बताए ।

‘अनुराग’ टिम आइतबार सिनेमाका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई लिएर निर्माण टिम जोरपाटी स्थीत समता कलेज र कौशलटार स्थीत जनप्रेमी कलेज पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरा हाल्दै अटोग्राफ लिएका थिए भने नायक नायिका को साथमा फोटो खिच्न पनि भ्याएका थिए ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतकर्ता रहेको सिनेमामा, भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । अनुराग निर्देशक सत्यराज चौलागाईंको डेब्यु सिनेमा शो । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव-नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘अनुराग’मा एक पृथक संगीतिक प्रेमकथा रहेको नायिका एलिजा गौतमले बताइन् । सिनेमामा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।