रामचन्द्र, रेखा र रबिले हेरे एलिजा र समुन्द्रको ‘अनुराग’ !

रामचन्द्र, रेखा र रबिले हेरे एलिजा र समुन्द्रको ‘अनुराग’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबारदेखि प्रर्दशनमा आएको सिनेमा ‘अनुराग’ले औषत व्यापार गरिरहेको छ । यो सिनेमालाई मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसींह केसी र नायीका रेखा थापा चर्चित पत्रकार रबि लामिछानेले बुधबार सिटी सेन्टरस्थित् बिग मुभिजमा सिनेमा ‘अनुराग’ हेरेका छन् । रामचन्द्र र रेखा हतार छ भन्दै आधा मात्रै सिनेमा हेरेर हलबाट बाहिरिएका थिए । १२ वर्षपछि सिनेमा हेर्न हल आएको बताएका नेता पौडेलले हेरुञ्जेल सिनेमा राम्रो रहेको प्रतिक्रिया दिए ।सञ्चारकर्मी ऋषि धमलाले बनाएको सिनेमा ‘अनुराग’ यतिबेला ७ औं दिनमा प्रदर्शन भैरहेको छ । सिनेमासँगै सञ्चारकर्मी धमला आफ्नो पहुँच पनि प्रदर्शन गरिरहेका छन् । विभिन्न तह र तप्काका व्यक्तिलाई धमलाले दिनैपिच्छे सिनेमा देखाइरहेका छन् । केही दिन अगाडी उनले पुर्व प्रधानमन्त्री झलनाथ खनाल, अभिनेता भुवन केसी लगायतलाई बोलाएर अनुराग देखाएका थिए । सत्यराज चौंलागाईं निर्देशित सिनेमा म्युजिकल लभ स्टोरी कथामा तयार पारिएको छ।