जसलाई निरले आफ्नो बाँकी उमेरनै आशीर्वाद दिए !

जसलाई निरले आफ्नो बाँकी उमेरनै आशीर्वाद दिए !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी अभिनेता अनुराग कुँवरले राजधानीको तारे होटेलमा आफ्नो ३७ औं जन्मदिनको केक काटे । भव्य रुपमा स्टेजसहित गरिएको कक्टेल पार्टीमा सिनेमा क्षेत्रका हस्तीहरु पनि शुभकामना दिन उपस्थित थिए ।

शुभकामनामा दिदै गर्दा वरिष्ट अभिनेता निर शाहले अनुरागलाई आफ्नो बाँकी उमेर लागोस भनेर आशीर्वाद दिन भ्याए । उनले सिनेमा क्षेत्रमा अनुराग जस्तो मिलनसार र मायालु व्यक्ति अरु नभएको र यस्तो मान्छेले अझ धेरै समय बाच्नु पर्छ, भन्दै आफ्नो बाँकी रहेको उमेर अनुरागलाई लागोस भनि भगवानलाई पुकारे ।

अनुरागको जन्मदिन उत्सवमा बरिष्ठ कलाकार हरिबंश आचार्य, बसुन्धरा भुसाल, नेपाल आर्मी प्रमुख रविन्द्र छेत्री, काठमाडौँ महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, एमाले नेता जीवनराम श्रेष्ठ, सिम्रिक इएरलाइन्सका प्रमुख विकास राना, चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल र सिनेमा क्षेत्रका चर्तित व्यक्तित्व दीपाश्री निरौला, आर्यन सिग्देल, रमेश उप्रेती, दीपकराज गिरी, पूजा शर्मा, अनुपविक्रम शाही, जितु नेपाल, निर्मल शर्मा, केदार घिमिरे, भानु प्रताप लगायत केहि सिनेपत्रकारको उपस्थिति थियो ।

तस्विर: उद्दव रसाईली