‘अनुराग्’ गीत: एलिजा र समुन्द्रको रोमान्टिक पल

‘अनुराग्’ गीत: एलिजा र समुन्द्रको रोमान्टिक पल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘अनुराग’को दोस्रो गित सार्वजनिक भएको छ । ‘कान्छा दाई गाना बजाई देउन’को सफलता पछि निर्माण टिमले रोमान्टिक गित सार्वजनिक गरेको हो ।

‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गितमा सिनेमाका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पन्डित प्रस्तुत छन । सत्यराज यसआरसीको शव्द, सरोज पोखरेलको संगितमा बनेको गितमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।

एरिका फिल्मस्को व्यानरमा ऋिषीराज धमला प्रस्तुतकर्ता रहेको सिनेमामा एलिजाका र समुन्द्र अलावा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।

सत्यराज चौलागाईँ निर्देशित ‘अनुराग’का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको सिनेमामा सत्यराजरआगत केसीको पटकथारसंवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । सिनेमा साउन २५ गते सार्वजनिक प्रर्दशनमा आउदै छ ।