आज अनमोलको जन्मदिन्: जान्नुस् केही तथ्यहरू

आज अनमोलको जन्मदिन्: जान्नुस् केही तथ्यहरू

द सिनेमा टाइम्स
0
Shares

आज चैत १७ गते अभिनेता अनमोल केसीको जन्मदिन परेको छ । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीको कोखबाट जन्मिएका अनमोलले २२  औ बसन्त पार गरेका छन्  । अनमोल छोटो समयमै सर्वाधिक चर्चा कमाउने अभिनेतामा पर्छन । फिल्म क्षेत्रमा डेब्यु गरेको ४ बर्षमा ४ फिल्ममा मात्र अभिनय गरेका अनमोललाई अहिलेका नेपालकै सर्वाधिक स्टारडम भएका अभिनेता भनेर चिनिन्छ । अनमोलले अभिनय गरेका कुनै पनि फिल्मले निर्मातालाई क्षति पुर्याएका छैनन् । अहिलेका युवापुस्ताको ढुकढुकी रहेका अनमोललाई फिल्ममा हेर्न हलमा लामै लर्को लाग्ने गर्दछ ।अनमोलले सन् २०१३ मा फिल्म ‘होस्टेल’बाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछी ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’मा अभिनय गरे ।
अहिलेसम्म शतप्रतिशत हिट फिल्म दिएका अनमोल पाँचौ फिल्मको तयारिमा छन् । अनमोलको आगामी प्रोजेक्ट ‘कृ’ हो । जहाँ अनमोल अदिति बुढाथोकीसंग स्क्रिन सेयर गर्दैछन् । अनमोलले अहिलेसम्म अभिनय गरेका र अभिनय गर्न बाँकी फिल्महरुमा सबै नयाँ अभिनेत्रीसंग स्क्रिन सेयर गरेका छन् । अनमोलले ‘होस्टेल’बाट डेब्यु गर्दा प्रकृति श्रेष्ठ पनि पहिलो पटक फिल्म क्षेत्रमा पाइला टेक्दै थिइन् । त्यस्तै आना शर्माले डेब्यु फिल्म ‘जेरी’मा अनमोलसंग जोडी बाँधिन । ‘ड्रिम’मा अनमोलसंगै देखिएकी साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘ड्रिम्स’नै पहिलो फिल्म थियो । त्यस्तै यसै बर्ष प्रदर्शनमा आएको ‘गाजलु’मा सृष्टि श्रेष्ठले पहिलो फिल्ममै अनमोलसंग स्क्रिन सेयर गर्ने मौका पाइन् । अभिनेता अनमोल केसीलाई द सिनेमा टाइम्सको तर्फबाट जन्मदिनको सुभकामना