अनमोलको स्टारडमदेखि साम्राज्ञीको अभिव्यक्तिसम्म

अनमोलको स्टारडमदेखि साम्राज्ञीको अभिव्यक्तिसम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता नेपाली रंगमंचको दुनियामा स्टार कलाकारहरुसँग सम्वन्धित समाचार/गसिपले बजार तताए । दर्शक र पाठकका कारण साताभर ट्रेन्डीङ रहेका केहि समाचार/गसिप द सिनेमा टाइम्सले प्रस्तुत गरेको छ ।

बडीगार्ड सहित अनमोल हलहलमा

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका स्टार अनमोल केसी अभिनित सिनेमाले यतिवेला बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । राजधानी लगायत बाहिरका प्रमुख सहरका सिनेमाहलहरु हाउसफुल हुन पुगे । यसका साथै अभिनेता अनमोल केसीको पनि के्रज बढ्दै गएको छ

यसरी सिनेमाले राम्रो व्यापार गरेपछि अभिनेता अनमोल र सोही सिनेमाकी अभिनेत्री अदिती बुढाथोकी दर्शक प्रतिक्रिया लिन विभिन्न हलमा पुगे । अनमोल ६ जना बडीगार्डसाथ हलहरुमा पुगेका थिए । साथै, उनलाई प्रहरीले पनि उच्च सुरक्षा दिएको थियो । अनमोल हलमा पुगेपछि त्यहाँ उनका फ्यानहरुको रुवाबासी नै चल्यो । यसरी हेर्दा नेपाली सिनेमामा अनमोल केसीको के्रज ह्वात्तै बढेको देखिन्छ ।

प्रिंयका र आयुष्मानको कम्बोडियामा मस्ती

प्रियंका कार्की र आयुष्मान देशराजको प्रेम कतैबाट पनि लुकाएर लुक्न सक्दैन । त्यसो त अनीहरुले पनि आफुहरु प्रेममा रहेको कुरा लुकाउन चाहँदैनन् । उनीहरु धेरैजसो सार्वजनिक ठाउँहरुमा सँगै भेटिन्छन । आयुष्मान प्रियंकालाई फुर्सद भयो भने कतै घुम्न जाने योजना बनाइरहन्छन् । यो जोडी केहीदिन अघि बिदा मनाउन कम्बोडिया पुगेको खबर सार्वजनिक भएको थियो । बलिउड कलाकार होलिडे मनाउन बाहिर निस्केको खबर सार्वजनिक हुन्छ । तर, नेपाली कलाकार भने विदेशमा विदा मनाउन गएको कमै मात्र सुन्न पाइन्छ ।

३ दिन अघि कम्बोडियामा विदा मनाउन गएको यो जोडीले विदा अवधिमा घुमघाम गरेको तस्बिर सार्वजनिक गरेको थियो । सार्वजनिक तस्बिरमा दुवैजना रोमान्टिक मुडमा देखिन्थे ।

 

Siem Reap in pictures❤ #vacaywithbae #cambodia #lovingit

A post shared by Priyanka Karki (@priyanka.karki) on

साम्राज्ञीलाई तनावैतनाव

बेलावेलामा विभिन्न कारणले चर्चा र विवादमा आइरहने अभिनेत्रीमा पर्छिन साम्राज्ञी राज्यलक्ष्मी शाह । केहि दिन पहिला स्तनमुनी खोपिएको ट्याटु आर्टिस्टले अनुमतीविना सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका कारण तनावमा थिइन । त्यस्तै ट्याटुको तनाव उनको मस्तिष्कबाट नहट्दै उनले गाँउले रोल मन पर्दैन भनेको कुराले उनलाई झनै विवादित बनायो

उनले गाँउले रोल मन पर्दैन भनेको समाचार बनेपछि उनले त्यसको खण्डन गर्दै लामो स्टाटस पनि लेखिन । उनले आफु सबैखाले भुमिकामा अभिनय गर्न तयार रहेको कुरा स्टाटसमार्फत जनाइन। उसो त बिहिबार निर्माण घोषणा गरिएको अशोक शर्माको ‘जय भोले’को कार्यक्रममा उक्त प्रसंगको खास कारण बाहिरियो।

निर्देशक अशोक शर्माले आफ्नो सिनेमालाई सुहाउने भुमिकाको लागि स्वस्तिमा खड्का पहिलो रोजाइ भएको तर एक साथीको सल्लाहमा एकपटक मात्र भेटघाट भएको र सिनेमाका बारेमा गम्भिर कुरा नभएको बताए । ‘उनको तत्काललाई समय नभएको कुरा आयो, उता ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मको लागी विदेश रहनेसम्मको कुरा आएपछि हाम्रो फिल्मको कुरा नै अघि बढेको थिएन । हाम्रो फिल्ममा गाउँले कथा नै छैन्  बजारका हल्ला गलत हुन् ।‘

राजेन्द्र खड्गी प्रहरी फन्दामा

नेपाली कलाकारहरुले विदेशका कार्यक्रमहरुमा जाँदा केही मानिसलाई उतै छाडेर आउँछन् र उनीहरुसंग पैसा असुली गर्छन भन्ने कुरा विगतका दिनमा पनि नसुनिएको होइन । तर, अहिले यही आरोपमा केही दिन अघि नेपाली सिनेमा क्षेत्रका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई गत बिहीबार प्रहरीले पक्रा गरेको छ । उनलाई नेपाली युवाहरुलाई विभिन्न बाहनामा दक्षिण कोरिया लगेर छाडेको र उनीहरुबाट १० देखि १५ लाखसम्म पैसा असुलेको आरोपमा पक्राउ गरेको हो ।

केही समय अगाडी दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको एउटा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको थियो । तर, फर्कदा खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकीलाई उतै छाडेर आएको प्रहरीको प्रारम्भिक भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । तर, खड्गी भने आफुसँग गएका मानिसहरुलाई नचिन्ने बताउँदै आएका छन् ।

साभार: गज्जब साप्ताहिक