‘ब्याचलर बन्टी’ बन्दै अनमोल

‘ब्याचलर बन्टी’ बन्दै अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्सले निर्देशन गर्ने आगामी सिनेमाको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । जुन सिनेमाको मुख्य भूमिकामा युवास्टार अनमोल केसी फाइनल भैसकेका छन् । भने, हिरोइनको खोजी कार्य जारी छ ।

प्रदीप भारद्वाजले लेखन रहने सिनेमाको नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता पनि गरिएको छ । प्रेमकथामा बन्ने सिनेमालाई यहिँ वर्षको फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।

चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने सिनेमाका अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । चाम्स निर्देशित छैटौँ सिनेमा ‘बोबी’ असार २९ मा रिलिज हुँदैछ ।