अनमोलको बलिउड डेब्यु पक्का !

अनमोलको बलिउड डेब्यु पक्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली फिल्मका सुपरस्टार अनमोल केसीले अब छिट्टै नै बलिउडमा डेब्यु गर्ने भएका छन् । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे समाचार छापेको छ । जुन समाचारको स्क्रिनसट अनमोलले आफ्नो इन्स्टाग्रामको स्टोरी र फेसबुकमा शेयर गरेका छन् ।

हमरा महानगर लेख्छ ‘अनमोल सुप्रसिद्द म्युजिक कम्पनि वर्ल्डवाइड रेकर्ड्स लिमिटेडसँग नयाँ भेन्चरका लागि जोडिएका छन् । जुन कम्पनि अब एउटा हिन्दी सिनेमा निर्माण गर्दैछ । नाम तय नभैसकेको सिनेमाको अफिसियल घोषणा छिट्टै हुनेछ । संगीतको दुनियाँमा छुट्टै आयाम स्थापित गरेको यस कम्पनिले अब सिनेमा निर्माणमा पनि हात हालेको छ । म्युजिक कम्पनिले गरेको यो नयाँ पहल हो ।

नेपालका वरिष्ट अभिनेता भुवन केसीका छोरा अनमोल केसीले डेब्यु गर्ने हिन्दी सिनेमालाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिनेछ । कम्पनिका ओनर रत्नाकर कुमार भन्छन ‘मलाई एकदमै खुसि लागिरहेको छ की, हामीले नेपाली कलाकारलाई पनि कम्पनिसँग जोड्न पाएका छौँ । यो नयाँ भेन्चरका लेखक/निर्देशक मनोज नारायण र राधेलाई धन्यवाद दिन चाहन्छु ।”

अहिले नेपाली सिनेमा ‘क्याप्टेन’को छायाँकनमा व्यस्त रहेका अनमोलका ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’ पाइपलाइनमा छन् ।