यस कारण राजनितीसँग डराउँछन् आमिर !

यस कारण राजनितीसँग डराउँछन् आमिर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनयसँगै सामाजिक अभियानहरूमा उत्तिकै सक्रिय रहने बलिउड अभिनेता आमिर खानले आफूलाई राजनीतिसँग डर लाग्ने खुलासा गरेका छन्। एक भारतिय टेलिभिजनसँगको साक्षात्कारमा उनले सोको खुलासा गरेका हुन्। उनलाई अन्तरवार्ताकारले ‘के तपाई नेता बन्नुहुन्छ, राजनितिमा आउनुहुन्छ ? भनेर प्रश्न सोधेका थिए।

‘म नेता हैन। म त्यसको लागि बनेकै होइन। म मानिसहरूको बीचमा पुग्न सक्ने एउटा संचारकर्ता हुँ। म श्रृजनशील छु। राजनीतिमा श्रृजनशील हुन पाउँदिन्। हो मलाई राजनीतिसँग डर लाग्छ। राजनीतिसँग को डराउँदैन ?, उनको जवाफ थियो, ‘म त्योबाट पर रहन चान्छु। मेरो काम सिर्फ मानिसहरूलाई मनोरञ्जन दिने हो।’