छायाँकनमै सकियो २ करोड !

छायाँकनमै सकियो २ करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘अमेरिका ब्वाईज’को छायाँकन सकिएको छ । झापा र काठमाडौँमा ६० दिन लगाएर सकिएको छायाँकनमै २ करोड खर्च भएको निर्माण टिमले बतायो ।

वैदेशिक रोजगारीको विषयलाई उठान गरेको सिनेमाले जेठ ४ लाई प्रदर्शन मिति पनि तय गरेको छ । बड्डी इन्टरटेनमेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको कमेडी सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री, कामेश्वर चौरसिया हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबी राना, सुवास गजुरेलको अभिनय रहेको सिनेमामा प्रकाश भुजेलको लगानी छ । सिनेमामा यमुना खरेल र राज केसी सहनिर्माताको रुपमा छन् ।

सिनेमामा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ ।