आलियाको ‘राजी’ ट्रेलर रिलिज, अभिनयबाट चौतर्फी चर्चा

आलियाको ‘राजी’ ट्रेलर रिलिज, अभिनयबाट चौतर्फी चर्चा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आलिया भट्ट स्टारर सिनेमा ‘राजी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा दमदार देखिएकी आलिया एक भारतीय जासुसको भूमिकामा छिन् ।

सन् १९७१ को भारत-पाकिस्तान युद्दमा आधारित सिनेमालाई सत्यकथा भनिएको छ । आलिया एक भारतीय नागरिक हुन् । उनका पिताले पाकिस्तानी अफिसर्ससँग गरिदिन्छन । ताकी आलिया पाकिस्तानमा रहेर भारतको लागि जासुसी गर्न सकुन ।

आलियाको पतिको भूमिकामा विक्की कौसलले अभिनय गरेका छन् । ट्रेलरमा धेरै इमोसनल सिन पनि राखिएको छ । जहाँ आलिया नराम्रोसँग रोएको देख्न सकिन्छ । ट्रेलर रिलिज पश्चात आलियाको अभिनयको चर्चा सुरु भैसकेको छ । आलिया बलिउडमा छोटो समयमै आफुलाई स्थापित गर्न सफल अभिनेत्री हुन् ।

मेघना गुल्जार निर्देशित सिनेमालाई करण जोहर, विनीत जेन, हिरू यास जोहर र अपूर्भ मेहताले निर्माण गरेका हुन् । सिनेमा मे ११ मा रिलिज हुदैछ ।