यस कारण गरिनन् आलियाले भंसालीको सिनेमा !

यस कारण गरिनन् आलियाले भंसालीको सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडका सफल निर्देशक सञ्जय लिला भन्सालीको सिनेमामा आलिया भट्ट देखिने चर्चा निकै पहिले देखि चलेको थियो । आलिया पनि भन्सालीले निर्माण गर्ने ‘पीरियड ड्रामा’ लाई लिएर निकै उत्साहित थिइन् । तर पछिल्लो समय भन्सालीले आलियाको ठाँउमा अर्की नायिका दीपिका पादुकोणलाई साइन गराएका छन् ।

आलिया करण जोहरको सिनेमा ‘कलंक’ मा काम गर्ने भएपछि भन्सालीले आफनो सिनेमाको लागि दीपिकालाई लिएको भारतिय मिडियाले उल्लेख गरेका छन् । आलियाले भन्सालीको सिनेमामा काम गर्ने इच्छुक रहेको बताएकी थिएन । त्यहि समयमा करण जोहरले आफनो सिनेमा घोषणा गरे । आलियाले करण जोहरकै सिनेमा ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउड डेब्यु गरेकी थिइन । उनको लागि करण जोहर निकै महत्वपुर्ण रहेका छन्, त्यसैले पनि आलियाले करण जोहरलाई नकार्न सक्दिनन् ।

भन्सालीले पहिला ११ वर्षकी आलियालाई सिनेमा ‘हमारी जान हो तुम’ अफर गरेका थिए । यो सिनेमामा उनलाई बाल दुलही बनाउनु थियो तर पछि यो सिनेमा बनेन । आलिया एक पटक फेरि भन्सालीको सिनेमा खेल्नबाट वञ्चित भएकी छिन् ।