चम्कीइन आलिया

चम्कीइन आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘स्टुडेन्ट अफ द ईयर’ डेब्यु अभिनेत्री आलिया भट्टले छोटो समयमै आफुलाई अभिनय र बक्स अफिसमा सफल सावित गरिसकेकी छन् ।

‘हाइवे’, ‘उड्ता पंजाव’, ‘डियर जिन्दगी’जस्ता सिनेमा आफ्नै बलमा हिट बनाएकी आलिया पुन: बक्स अफिसमा चम्किएकी छन् । उनको केन्द्रिय भूमिका रहेको सिनेमा ‘राजी’ अहिले प्रदर्शनरत छ । समिक्षक र दर्शकबाट वाहवाही बटुलेको सिनेमाले प्रदर्शनको चार दिनसम्म लोभलाग्दो व्यापार गरेको छ ।

४० करोडको मध्यम बजेटमा निर्मित सिनेमाले आफ्नो लगानी रिकभर गरेर नाफा तर्फ लम्किएको छ । पहिलो दिन ७.५३ करोड, दोस्रो दिन ११.३० करोड, तेस्रो दिन १४.११ करोड र चौथों दिन ६.३० करोड नेट कमाउदै टोटल कमाई ३९.२४ करोड पुर्याएको छ ।

बलिउड मिडियाहरुले यो कमाईलाई बजेटको अनुपातमा उत्कृष्ट भनेका छन् । सिनेमाले स्याटेलाइट राइट, डिजिटल, म्युजिक र ओभरसिज राइट मार्फत २० करोड प्रदर्शन पुर्व नै रिकभर गरिसकेको छ ।

मेघ्ना गुल्जार निर्देशित ‘राजी’ले १९७१ मा भारत-पाकिस्तान युद्दताका एक युवतीले भारतका लागि गरेको जासुसीको कथा प्रस्तुत गरेको छ । सिनेमामा आलियाका अलावा बिक्की कौशल पनि मुख्य भूमिका छ ।