‘गुड न्यज’मा ९ वर्ष पछि एकसाथ अक्षय र करिना !

‘गुड न्यज’मा ९ वर्ष पछि एकसाथ अक्षय र करिना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड स्टार अक्षय कुमार र करीना कपुर ९ वर्ष पछि पुन एक पटक फेरी एकसाथ पर्दामा देखिने भएका छन् । २००९ मा रिलिज भएको सिनेमा ‘कमबख्त इश्क मे’मा यो जोडीको रोमान्स दर्शकले हेर्न पाएका थिए । यो जोडीले रोमान्स गर्ने सिनेमाको नाम ‘गुड न्युज’ जुराइएको छ । यसको अफिसियल घोषणा धर्मा प्रोडक्सनले गरेको हो । यो सिनेमामा अक्षय र करिनाका अलवा दिलजीत दोसांझ र कियारा आडवाणीको पनि मुख्य भुमिका रहने छ ।

निर्माता करण जोहरले ‘गुड न्युज’को घोषणासँगै सिनेमाको रिलिज पनि सार्वजनिक गरिएको छ । यो सिनेमा १९ जुलाई २०१९ मा रिलिज हुनेछ । सेरोगेसीको कथामा यो सिनेमा निर्माण हुने भारतीय मिडियाले जनाएका छन् । यसअघि सेरोगेसीको कथामा मेघना गुलजारले सुष्मिता सेन, तब्बु, पलाश सेन, संजय सुरीलाई लिएर २००२ मा उनले ‘फिलहाल’ नामक सिनेमा निर्माण गरेकी थिइन ।

यो भन्दा पहिले अक्षय र करिनाको जोडी ‘राउडी राठौर’ र ‘ब्रदर्श’मा पनि देखिएको थियो । तर यी दुबै सिनेमामा करिना विशेष अथितीको रुपमा देखिएकी थिइन । यी दुई सिनेमाको आइटम नम्बरमा करिनाले कम्मर मर्काएकी थिइन । अब हेर्न यो बाँकी छकी के ‘गुड न्युज’मा अक्षय र करिनाका फ्यानले उनीहरुको रोमान्स हेर्न पाउलान ?