के ‘ट्वाइलेट’ बन्न सक्छ अक्षयको सर्वाधिक कमाउँने सिनेमा ?

के ‘ट्वाइलेट’ बन्न सक्छ अक्षयको सर्वाधिक कमाउँने सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१२ मा अक्षय कुमार अभिनित ‘राउडी राठोर’ प्रदर्शनमा आएको थियो । पाँच वर्ष अगाडी भारतीय बक्सअफिसमा १ अर्व ३१ करोड भारुको व्यापार गरेको सिनेमा अक्षयको सर्वाधिक कमाई गर्ने सिनेमा हो ।

तर, अक्षयले पाँच वर्ष पुगीसक्दा पनि आफ्नै रेकर्ड तोड्न सकीरहेका छैनन् । यो पाँच वर्षको अन्तरालमा अक्षय मुख्य भूमिकामा अभिनित १७ सिनेमा रिलिज भए । दुर्भाग्यवस कुनै पनि सिनेमाले उक्त रेकर्ड क्रस गर्न सकेनन् ।

तर, यो पाँच वर्ष देखिको रेकर्ड प्रदर्शनरत सिनेमा ‘ट्वाइलेट-एक प्रेम कथा’ तोड्ने छनक देखाएको छ । पाँच दिनमै भारतीय बक्सफिसमा ८३.४५ करोड कलेक्सन गरेको सिनेमालाई बलियो स्प्रधि मानिएको छ । दर्शक र समिक्षकबाट खुबै तारिफ बटुलेको सिनेमाको पाँच दिने कलेक्सन अक्षयको करियरकै सर्वाधिक हो । सिनेमाले पहिलो सातामै १ अर्व कलेक्सन क्रस गर्न सक्ने वातावरण समेत सिर्जना गरेको छ ।

अक्षयको दोस्रो सर्वाधिक कमाई गर्ने सिनेमा ‘ईयरलिफ्ट’ हो । गत वर्ष रिलिज भएको यो सिनेमाको कलेक्सन ‘राउडी राठोर’को भन्दा २ करोड कम छ ।

पहिलो सातानै ‘ट्वाइलेट-एक प्रेम कथा’ले १ अर्व माथिको व्यापार गरेमा ‘राउडी राठोर’को रेकर्ड सजिलै तोड्न सक्नेछ ।