अक्षय कुमार ‘गर्भवती’ ! (भिडियो)

अक्षय कुमार ‘गर्भवती’ ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार गर्भवती भएका छन् । भर्खरै मात्र ‘ट्वाइलेट-एक प्रेम कथा’बाट सफलता हाँसिल गरेका अक्षयले सिने करियर पहिलो पटक गर्भवती हुने सौभाग्य पाएका हुन् ।

अक्षयले आफ्नो ट्वीटर अकाउन्टबाट आफु गर्भवती भएर एकै साथ ६ बच्चा जन्माएको भिडियो शेयर गरेका छन् । भिडियोको क्याप्सन लेखेका छन् यस्तो ‘दुनियाँ सोच रही है ये अजुवा कैसे हुवा, अपना हिरो पेट से हे ।’ तर, अक्षय यो भिडियोमा साचिकै गर्भवती भने भएका होइनन् ।

अब स्टार प्लसबाट छिट्टै प्रसारण हुने रियालिटी शो ‘द ग्रेट इन्डियन लाफर च्यालेन्ज ५’को लागि प्रोमोमा मात्र गर्भवती युवतीको रुपमा प्रस्तुत भएका हुन् । भारतीय मिडियाका अनुसार अक्षय यस रियालिटीमा जज बनेर प्रस्तुत हुनेछन् ।