फिरे अक्षयका दिन !

फिरे अक्षयका दिन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१५ अगाडीका २-३ वर्ष अभिनेता अक्षय कुमारका लागि राम्रो गएन । यो समयावधिमा अक्षयका सिनेमाले राम्रो व्यापार गर्न सकीरहेका थिएनन् ।

वर्षमा ३-४ ओटा सिनेमा रिलिज भएपनि अक्षयले सोचे जस्तो सफलता पाउँन सकीरहेका थिएनन् । अब समय फेरिएको छ । २०१६ देखि ०१७ को विचमा अक्षयले सफलतामा उचाई चुमेका छन् । बलिउड क्षेत्रको कुरा गर्दा वर्षमा सर्वाधिक सिनेमा रिलिज अक्षयकै हुन्छन । ३-४ सिनेमा रिलिज हुँदा १-२ वटा असफल भएमा त्यसलाई औषत मान्न सकिन्छ ।

केहि वर्ष अगाडी औषत सफलता पनि हाँसिल नगरेका अक्षयले यी दुई वर्षमा भने लोभलाग्दो सफलता हात पारेका छन् । २०१६ मा रिलिज भएको ‘ईयरलिफ्ट’ले बक्सअफिसमा १ अर्व माथिको व्यापार गर्यो । त्यसयता अक्षय मुख्य भूमिकामा अभिनित सिनेमाले १ अर्व माथीकै व्यापार गरेका छन् । र, नयाँ रिलिज ‘ट्वाइलेट-एक प्रेम कथा’ पनि १ अर्व कमाईको दौडमा छ ।

पछिल्लो समय बलिउडको व्यापार खस्कीरहेको अवस्थामा ‘ट्वाइलेट-एक प्रेम कथा’ले भने गज्जबको व्यापार गरिरहेको छ । तिन दिनमा ५१ करोड बढी कमाएको सिनेमालाई दर्शकले अत्याधिक रुचाएका छन् । माउथ पब्लिसिटीले सिनेमाको व्यापार अँझ राम्रो हुने सम्भावना छ । पहिलो साता राम्रो व्यापार गरेको खण्डमा ‘ट्वाइलेट-एक प्रेम कथा’ अक्षयको सर्वाधिक कमाउँने सिनेमा बन्न सक्छ । २०१२ मा रिलिज भएको ‘राउडी राठोर’ले १ अर्व ३१ करोडको व्यापार भारतीय बक्सअफिसमा गरेको थियो । यो नै अक्षयको सर्वाधिक कमाउँने सिनेमा हो ।

‘ईयरलिफ्ट’ पछी अक्षयका ‘हाउसफुल ३’, ‘रुस्टम’ र ‘जोली एलएलबी २’ले लगातार १ अर्व माथिको व्यापार गरेका थिए ।