अक्षयले खोले वर्षमा चार सिनेमा खेल्नुको राज !

अक्षयले खोले वर्षमा चार सिनेमा खेल्नुको राज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमार पछिल्लो २७ वर्ष देखि अभिनय गरिरहेका छन् । यसै सिलसिलामा अक्षयलाई जहिले सोधिने प्रश्न हो ‘तपाई किन वर्षमा ४ सिनेमा गर्नु हुन्छ ?’ किनकी अक्षयका वर्षमा ४ सिनेमासम्म रिलिज हुने गरेका छन् । उसो त अक्षयका समकालीन अभिनेताहरुका वर्षमा एउटा, नभए कुनै वर्ष त खाली नै जान्छ ।

प्राय: यो प्रश्नको उत्तर नदिने अक्षयले एक कार्यक्रमका विच भने सबैको जिज्ञासा मेटाए । उनले ठट्टा गर्दै भने ‘२०१८ मा म यो संकल्प लिन्छु अब देखि म चार होइन तीन सिनेमा मात्र गर्नेछु ।

फेरी गम्भीर हुँदै भने ‘वर्षमा ३६५ दिन हुन्छ, एक सिनेमा गरेर म किन वर्ष भरि खाली नै बस्नु ? बाँकी कलाकारले के गर्नुहुन्छ थाहा छैन । म २०० दिनमा चार सिनेमाको काम सिध्याउछु । के बाँकी १६५ दिन म खाली बस्नु त ? त्यसपछीका दिनमा म बिज्ञापन गर्छु । तपाई ‘पंचुअल’ भएर समय ‘क्यालकुलेट’ गर्दै काम गर्नु भयो भने समय धेरै काम कम भैदिन्छ ।’ अक्षयले यस्तो भनिरहँदा उनि व्यस्त रहनकै लागी वर्षमा ४ सिनेमा गर्ने गरेको बुझ्न सकिन्छ ।

अक्षयका २०१६ मा चार र २०१७ मा तिन सिनेमा प्रदर्शनमा आएका थिए । सबै सिनेमा बक्सअफिसमा हिट पनि भएका थिए । अब २०१८ मा तिन सिनेमा आउने चर्चा छ । अक्षय अभिनित ‘प्याडम्यान’ यहिँ जनवरी २६ मा रिलिज हुदैछ ।

-दैनिक जागरण