पुन: अजय र रनबिर सँगै

पुन: अजय र रनबिर सँगै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २०१० मा रिलिज भएको ‘राजनीति’ पश्चात बलिउड अभिनेता अजय देवगण र रनबिर कपूर पुन: सँगै काम गर्ने भएका छन् ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्वट मार्फत यी दुई अभिनेताले सँगै सिनेमा गर्ने कम्फर्म भएको पुष्टि गरेका छन् । यस अनटाइटल प्रोजेक्टलाई लभ रन्जनले निर्देशन गर्ने छन् । रन्जनले निर्देशन गरेको पछिल्लो सिनेमा ‘सोनु के टिटू के स्विटी’ले बक्स अफिसमा ब्लकबस्टर सावित भएको थियो । यहिँ वर्ष करियरकै सर्वाधिक हिट सिनेमा दिएका रन्जन पछिल्लो समय सबैको नजरमा परेका छन् ।

 

स्मरण: रहोस अजयका ‘दे दे प्यार दे’, ‘टोटल धमाल’, ‘सिन्घम ३’ र ‘तानाजी: द अनसुंग वारियर’ पाइपलाइनमा छन् । त्यत्सै रनबिरका ‘संजु’, ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ पाइपलाइनमा छन् ।