‘ऐश्वर्य’को सुखद सुरुवात,मेकिङको चौतर्फी चर्चा

‘ऐश्वर्य’को सुखद सुरुवात,मेकिङको चौतर्फी चर्चा

द सिनेमा टाइम्स
0
Shares

कार्तिक ९ अर्थात् छठ पर्व देखि झन्डै एक सय हलमा रिलिज भएको फिल्म ’ऐश्वर्य’ ले सुरुवाती व्यापार  सुखद गरेको छ । कलाकारको रुपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको फिल्मलाई दर्शकले रुचाएका छन् । विहिबार नै प्रदर्शनमा आएको फिल्मलाई बिहानी शो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो भने त्यसपछीको शो मल्टिप्लेक्सका हल क्युएफएक्स , बिग मुभिज , क्युज सिनेमा , एफक्युब लगायत गोपी कृष्ण , गुण सिनेमा , अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा , नारायणगढ , हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो ।
वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ ।

राजधनीमा आयोजित प्रेस शो मा यसलाई अधिकाँसले रुचाएका छन् । विशेष गरि यसको मेकिङको चर्चा निकै भएको छ भने फिल्ममा बोलिएको संवादले पनि दर्शकको तालि पाएको छ । आयोजित प्रेस शो मार्फत फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले सबैको बधाई पाए । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहे ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी , रमेश , प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।