‘ऐश्वर्य’रिलिज अपडेट: साउन २७ मा गीत, कार्तिक २ मा सिनेमा !

‘ऐश्वर्य’रिलिज अपडेट: साउन २७ मा गीत, कार्तिक २ मा सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । एक समयका लोकप्रिय कलाकार रमेश उप्रेतीको पछिल्लो समय नेपाली सिने क्षेत्रमा दोस्रो इनिङ सुरु भएको छ । सिनेमामा माग भैरहेकै बेला अमेरिका तिर हानिएका रमेशको कमब्याक सिनेमा ‘ब्रासलेट’ भएपनि ‘ऐश्वर्य’ले दोस्रो इनिङको सुरुवात गर्नेछ ।

‘ऐश्वर्य’ले यसअर्थमा दोस्रो इनिङको सुरुवात गर्नेछ: की यो सिनेमामा रमेश आफै निर्माता र अभिनेताको रुपमा प्रस्तुत हुदैछन । रमेशको निर्माण र अभिनय भएका कारण ‘ऐश्वर्य’लाई बजारमा आशावादी सिनेमाको रुपमा लिइएको छ । सिनेमाले कार्तिक २ लाई प्रदर्शन मिति तय गरेको छ । यो मितिमा रेखा थापा, आर्यन सिग्देल स्टारर ‘रुद्रप्रिया’ पनि आउँदैछ ।

रमेशले कार्तिक २ को डेटलाई फिक्स गरेर सिनेमा प्रचारको जालो बुनिसकेका छन् । यसै बीचमा साउन २७ गते शुक्रबार सिनेमाको पहिलो गीत सार्वजनिक हुदैछ । सम्भवतः यहिँ गीतबाट सिनेमाले पचार-प्रसारलाई अघि बढाउँने छ ।

यो गीतमा अर्जुन पोखरेलको शब्द/संगीत, सुगम पोखरेल/अन्जु पन्तको स्वर, तेन्जु योन्जन/एलिनाको कोरियोग्राफी समावेश छ । २७ गते रिलिज हुन् लागेको टाइटल गीतले दर्शक माझ बनाउँने हाइपले सिनेमाको बक्सअफिसमा असर गर्नेछ ।

दिवाकर भट्टराई निर्देशित सिनेमामा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । अर्जुन श्रेष्ठ र किरण राना निर्माता रहेको सिनेमाका प्रस्तुतकर्ता रमेश उप्रेती हुन् । सिनेमामा रमेश उप्रेतीकै कथा र निर्देशकको पटकथा संवाद रहेको छ ।