पुन: पर्दामा देखिदै ऐश्वर्या र अभिषेक

पुन: पर्दामा देखिदै ऐश्वर्या र अभिषेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडका रियल जोडी ऐश्वर्याराय बच्चन र अभिषेक बच्चनले धेरै फिल्ममा जोडी बाँधीसकेका छन् । र, यी दुईले संगै काम गरेका फिल्म सम्झिन लायक पनि छन् ।

तर, पछिल्लो समय संगै पर्दामा नदेखिएको यो रियल जोडीले राम्रो स्क्रिप्ट नपाउदासम्म पुन: पर्दामा संगै नदेखिने उद्घोष गरेको थियो । यो समयमा उनीहरुलाई फिल्ममा लिन धेरै निर्देशकले प्रयास गरेपनि असफलनै रहे ।

अन्तत: उनीहरुले संगै काम गर्ने खबर बाहिरिएको छ । निर्देशक मणिरत्नमले लेखेको स्क्रिप्टमा यो जोडी काम गर्न तयार भएको छ । सुन्नमा आए अनुसार यो जोडीले मणिरत्नमलाई नजिकको  निर्देशक मान्ने गर्दछ । त्यसैले पनि मणिरत्नमको फिल्ममा यो जोडी काम गर्न तयार भएको हो ।

मणिरत्नमकै फिल्म ‘इरुवर’बाट ऐश्वर्याले आफ्नो बलिउड यात्रा तय गरेकी थिइन् । त्यस्तै मणिकै फिल्म ‘युवा’ र ‘गुरु’मा अभिषेक बच्चनले अभिनय गरेका छन् | जुन फिल्म अभिषेककै करियरका राम्रा फिल्म मानिन्छन । ऐश्वर्या र अभिषेकले संगै काम गरेको ‘रावण’ बक्सअफिसमा नराम्रोसंग पिटिएको थियो ।