ऐश्वर्य: ट्रेलरमा रोएकी केकी पोस्टरमा मुस्कुराईन !

ऐश्वर्य: ट्रेलरमा रोएकी केकी पोस्टरमा मुस्कुराईन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रमेश उप्रेतीको निर्माण एवं अभिनय रहेको सिनेमा ‘ऐश्वर्य’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि निर्माण टिमले रमेश उप्रेती, दीपिका प्रशाई र प्रशान्त ताम्राकार फिचरिङ पोस्टर सार्वजनिक गरेको थियो ।

सिनेमा भित्र मुख्य भूमिका निर्वाह गरेकी केकी अधिकारीलाई पोस्टर तथा प्रचार सामाग्रीमा प्रस्तुत नगर्दा विभिन्न खाले टिका टिप्पणीहरु भएका थिए । अन्तत: केहि फिचरिङ पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका दुई पोस्टरमा केकीलाई मुस्कुराएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा भने केकीलाई स्याड र तनावग्रस्त युवतीको रुपमा देखाइएको छ । कार्तिक ९ गते रिलिज हुने सिनेमा यतिबेला चर्चामा छ ।

दिवाकर भट्टराई निर्देशित सिनेमामा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकाश खतिवडाको पनि मुख्य भूमिका छ । सिनेमाका निर्मातामा अर्जुन श्रेष्ठ, किरणराना उप्रेती र निर्मल शर्मा रहेका छन् । अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठ/सुदीप बरालको छायाँकन, रामजी लामिछाने/तेन्जु योन्जन/ एन्जिला खत्रीको कोरियोग्राफी र दिर्घ खड्काको छायाँकन छ ।