स्पेसल शोमा सेलेब्रेटीले गरे ‘ऐश्वर्य’ मेकिंगको तारिफ !

स्पेसल शोमा सेलेब्रेटीले गरे ‘ऐश्वर्य’ मेकिंगको तारिफ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिले सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ऐश्वर्य’ले राजधानीमा स्पेसल शो गरेको छ । दर्शकबाट राम्रो साथ र तारिफ पाईरहेको सिनेमा हेर्न स्पेसल शोमा नाम चलेका सेलेब्रेटी र मिडियाकर्मीको उपस्थिति रह्यो ।

ट्रेलर र गीतबाट हाइप बटुलेको सिनेमा हेरेर सेलेब्रेटीले तारिफ गरे । सिनेमा हेर्न सिटिसी मलको सिने डी सेफमा भुवन केसी, विराज भट्ट, भुवन चन्द, साम्राज्ञी राज्यलक्ष्मी शाह, दिनेश डिसी, रुपा राना, राजेन्द्र खड्की, आकाश अधिकारी, हिमाल सागर, विश्व बस्नेत, सन्दीप क्षेत्री, रामकेशर बोगटी, मुस्कान ढकाल लगायतका सिनेकर्मी र वरिष्ट पत्रकार पुस्करलाल श्रेष्ठ, संविधानविद डा. भीमार्जुन आचार्य उपस्थित रहे ।

रमेश उप्रेतीको डेब्यु निर्माण र कमब्याक सिनेमा हेरेर अधिकाँसले यसको मिकिंगको खुलेरै तारिफ गरे । साथै, कलाकारद्वय प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रशाई र रमेश उप्रेतीले अभिनयबाट तारिफ बटुले ।

अभिनेता तथा निर्देशक भुवन केसीले रमेश उप्रेतीको कमब्याक दमदार रहेको प्रतिक्रिया दिए । ‘जति ‘ऐश्वर्य’को बारेमा सुनेको थिए । त्यो भन्दा अब्बल पाए । अभिनयमा आफुलाई प्रमाणित गरेको रमेशले निर्माणमा पनि आफुलाई गरेको छ । डेब्यु गल दीपिकाको पहिलो सिनेमाबाटै म फ्यान भए ।’ भुवनले बताए । ‘निर्देशक दिवाकर भट्टराईको कामले सिनेमा हेरुन्जेल शितलता प्रदान गर्छ । साथै, प्रशान्तलाई म ह्यान्डसम भिलेन भन्न रुचाउछु ।’ भुवनले थपे ।

अभिनेता विराज भट्ट र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि सिनेमा मनोरन्जात्मक रहेको प्रतिक्रिया दिए । केहि दिन अगाडी देखि चलिरहेको ‘ऐश्वर्य’को चर्चाले सिनेमा हेर्न आतुर रहेका साम्राज्ञी र विराजले मेकिंग, अभिनय, कथाबस्तु र निर्देशकीय पाटोको तारिफ गरे ।

साम्राज्ञीले दीपिकाको डेब्यु कामको तारिफ गर्दै सिनेमा क्षेत्रमा स्वागत गरिन । ‘ऐश्वर्य’ हेरेर केकी अधिकारीको फ्यान भएको बताउने साम्राज्ञीले रमेश र प्रशान्तको काम मन परेको बताइन । यता विराजले ‘ऐश्वर्य’ हेर्ने ९० प्रतिशत दर्शकले यो सिनेमालाई रुचाउनु हुन्छ भने ।

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, तेन्जु योन्जन लगायतका कलाकारको अभिनय छ ।

तस्विर: आर्यन बिमली