ए मेरो हजुर २: अस्ट्रेलिया रिलिजमा झरना र साम्राज्ञी, यस्तो छ सेड्युल

ए मेरो हजुर २: अस्ट्रेलिया रिलिजमा झरना र साम्राज्ञी, यस्तो छ सेड्युल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल प्रदर्शनबाट व्यवसायिक र समिक्षात्मक रुपमा सफलता हाँसिल गएको सिनेमा ‘ए मेरो हजुर २’को लागि अस्ट्रेलिया रिलिजको सेड्युल सार्वजनिक गरिएको छ ।

झरना थापा निर्देशित सिनेमा तासमानिया १२, सिड्नी १८, र मेलबर्न १९ नोभेम्बरमा प्रदर्शन हुनेछ । अहिले ‘हो र हैन होला’ इभेन्ट्सले सिड्नी अनि मेलबर्नमा र ‘तास’ इभेन्ट्सले तासमानियामा शो सम्पन्न गर्नेछन् ।

सिनेमाको रेड कार्पेट रिलिजमा नेपालबाट निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित हुनेछन । अहिले रिलिजको लागि भव्य तयारि भैरहेको छ । सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा साम्राज्ञीका अलावा सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी, अम्बर सुबेदी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

‘हो र हैन होला’ इभेन्टका रोशन भट्टराई भन्छन ‘अस्ट्रेलियामा नेपाली कलाकारलाई माया गर्ने धेरै छौ, अझै शो बढ्ने सम्भावना छ ।’

त्यस्तै ‘तास’ इभेन्टका छत्र थापा भन्छन ‘अस्ट्रेलियामा नेपाली कलाकार र सिनेमालाई माया गर्नेको संख्या राम्रै छ । कलाकारबाट पनि हाम्रो त्यस्तै अपेक्षा हुन्छ । हाम्रो चाहना भनेको नेपाली सिनेमाको बजारलाई अन्तर्राष्ट्रिय करण गर्नु हो ।’

नेपाली सिनेमाको लागि राम्रो बजार मानिएको अस्ट्रेलियाका सिड्नी, मेलबर्न, तासमानिया, ब्रिसबेन, एडिलेट, पर्थ लगायतका प्रमुख शहरहरुमा नेपाली सिनेमा प्रदर्शन हुने गर्छन ।